भारतीय टिभी अभिनेत्री किश्वर मर्चेट आजभोली एक अन्तर्वाताको कारण चर्चामा आएकी छन् । अन्तर्वातामा उनले कुनै एक समय आफू कास्टिङ काउचको सिकार भएको बताएकी छन् ।

अभिनेत्री किश्वर मर्चेटले ‘भेजा फ्राई–२’ र हम तुम और शबाना’ लगायत फिल्ममा काम गरेकी छन् । उनलाई अन्तर्वातामा सोधिएको थियो –तपाईं कास्टिङ काउचको सिकार हुनु भएको छ , कि छैन ? जवाफमा उनले भनिन्– म एक पटक कास्टिङ काउचको सिकार भएको छु जतिबेला म एक मिटिङको लागि आमासँग गएको थिए । ’

उनले अगाडी भनेकी छन्– मलाई एक फिल्मको अवसर आएको थियो तर मलाई हिरोसँग रात बिताउने सर्त राखिएको थियो । यस क्षेत्रमा यस्ता घटना धेरै छन् । तर यस क्षेत्रको बदनाम नहोस् भन्नको लागि चुप बस्नुपर्छ । ’

उनले बताए अनुसार आफूलाई फिल्ममा काम गर्न विभिन्न सर्त राखे पनि उनले त्यस फिल्ममा काम गरिनन् । यधपि, उनले आफ्नो काम प्रतिको झुकाबलाई आत्मासाथ गरिन् । जसको कारण आज उनी एक टिभि स्टारको रुपमा स्थापित भएकी छन् ।

उनी अहिले ४० वर्षको उमेरमा गर्भवती भएकी छिन् । उनी र उनको श्रीमान सुयश राय करिब ६ वर्षदेखि प्रेममा थिए । उनीहरुले विवाह गरेको ४ वर्ष भएको छ ।

तपाईको प्रतिक्रिया