। एक जमानामा म्युजिक भिडियोमा निकै रुचाएकी नायिका प्रकृती श्रेष्ठले पुनः एक पटक आफु यौन उत्पीडनमा परेको बताएकी छन् । नायक पल शाहसँग जोडी भएर उनले लामो समय म्युजिक भिडियोमा आफुलाई अब्बल ठहराएपछि उनी निर्माता सुनिल रावलले निर्माण गरेको फिल्म ‘होस्टेल’बाट नेपाली फिल्ममा डेब्यु गरेकी थिईन् ।

सुनील रावलकै फिल्म ‘सायद २’ रिलिजताका नायिका स्यारोन श्रेष्ठले निर्माता सुनिल रावल माथी गम्भीर आरोप लगाएकी थिईन् । नायिका स्यारोनले त्यसताका निर्माताले आफुलाई गलत तरिकाले सेक्सुअल ह्यारेस गरेको बताएकी थिईन् ।

त्यतिबेला विदेशमा रहेकी नायिका प्रकृती श्रेष्ठले पनि आफु पनि यौत उत्पीडनमा परेको बताएकी थिईन् । उनले त्यतिबेला स्यारोनलाई कानूनी उपचारमा जान उक्साउँदै आफुपनि साथमा रहने बताएकी थिईन् । त्यतिखेर स्यारोनले आफुसँग प्रमाण भएको भन्दै अन्तर्वार्ता समेत दिएकी थिईन् । सो घटना लगतै प्रकृती श्रेष्ठले पनि सेक्सुअल हयारेसमेन्टकै कारण आफुले फिल्म क्षेत्र छाडेर बिहे गरेको बताएकी थिईन् ।

उनले त्यतिबेला कोबाट सेक्सुअल ह्यारेमेन्ट भएको भने बताएकी थिईनन् । त्यतिबेला नायिका स्यारोन श्रेष्ठलाई सपोर्ट गर्दै आफुपनि त्यो पक्षमा उभिने उनले बताएकी थिईन् ।

लामो समयपछि पुनः नायिका प्रकृती श्रेष्ठ फिल्ममा फर्किएकी छन् । उनी फिल्ममा फर्किएसँगै पुराना कुरालाई फेरि दोहोर्याउँदै आफु यौन उत्पीडनमा परेको बताएकी हुन् । हालै उनले फिल्म ‘बिहे पास’मा काम गरेकी छन् ।

नायिका प्रकृतीले सामाजिक सञ्जालमा आफुलाई फ्यानबाट आएको प्रश्नको उत्तर दिँदै आफुले फिल्म क्षेत्रमा यौन उत्पीडन भोगेको बताएकी हुन् । उनले भनेकी छन्, फिलम क्षेत्रमा प्रवेशताका मैले यौन उत्पीडन भोगेको छु ।

उनले डेब्यु गरेको फिल्म ‘होस्टेल’ हो । उनले उक्त आरोप कसलाई लगाएकी हुन् त्यो भन्ने खुलाएकी छैनन् ।’ होस्टेल’पछि उनले ‘शुभारम्भ’, ‘उत्सव’, ‘जिन्दगी रक्स’ र ‘आभाष’ फिल्ममा काम गरेकी थिईन् । उनले अभिनयमा कमब्याक गरेको फिल्म ‘बिहे पास’ रिलिज हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया