काठमाडाैँ । ख्यातिप्राप्त गायक जोहेब मानन्धरको नयाँगीत ‘जुनी भरलाई’ को लिरीकल भिडियो लकडाउनको समय पारेर सार्वजनिक भएको छ। अत्यन्त मीठो मेलोडी, शब्द र आवाजको समिश्रण रहेको उक्त बोलको गीतलाइ जोहेबकै आफ्नै यूट्यूब च्यानल डिजिटल प्ल्याटफर्म मार्फत विश्वव्यापी रुपमा हिजो सार्वजनिक भएको छ।
आफ्नै शब्द र आफ्ना दुई नया गीतको भिडिओको काम हुँदै गर्दा लकडाउनले काम रोकेको बेला यो तेस्रो नया गीतको अडिओ मात्र सार्वजनिक गरेको मानन्धर बताउँछन।
अहिले यो लक डाउनको समय खासै केही सांगीतिक गतिविधि नभैरहँदा आफ्ना श्रोताहरुले घरै बसेर पनि नयाँ गीतको आनन्द लिओस भन्ने धारणाले यो गीत रिलिज गरेको बताउँछ्न्।
। हाल सम्मको आफ्ना अरु गीत भन्दा अलि पृथक धारमा तयार गरिएको यो कम्पोज जोहेब आफैँलाई पनि निकै मन परेको गीत हो भन्छ्न्। यसको पनि भिडिओ बनाउने कुरा त छ अब श्रोताहरुको प्रतिक्रिया कस्तो आउँछ त्यही अनुसार कदम चालने जोहेब बताउँछ्न्।
गायक जोहेब अहिले अरुको लागि संगीत दिने र सिनेमा तिर पनि सङ्गीत दिन ब्यस्त छ्न् । सङ्गीतका साथै लेखनमा पनि शसक्त जोहेब । “म यस्तो गीत गाउँछु” देखि सोनु निगमले गाएको चर्चित गीत “म भएँ पागल” आदि उनकै शब्दका हुन्।

थुप्रै लेख कबिताहरु लेखेका गायक चाडै नै आफ्नो लेखनमा एउटा आफ्नो कथा संग्रह निकाल्ने तयारीमा छ्न्। सम्भवत यो लकडाउन पछि काम अघि बढ्ने छ्न्। अहिले लकडाउनमा यहि लेख्ने काम पनि भैरहेको गायक जोहेब भन्छ्न्।

दुई दशक भन्दा बढी नेपाली सांगीतिक क्षेत्रमा जीवन अर्पण गरिसकेका चर्चित गायक जोहेब मानन्धरको आफ्नै आवाज,शब्द र संगीत रहेको गीतलाई राहुल प्रधानले एरेन्ज गरेका छन्।

https://youtu.be/vZNPzfBeLRk

 

तपाईको प्रतिक्रिया