काठमाडौं – कान्तिपुर टेलिभिजन बाट हरेक आइतबार बेलुकी ९ बजे प्रसारण हुने चर्चित हास्य टेलिशृंखला ‘हर्के हल्दार’ का कलाकार द्वारा काठमाडौँका विभिन्न सयौं परिवारलाइ खाध्यान्न राहत वितरण गरेको छ।

गत १६ बैशाखदेखि जारी लकडाउनका कारण छाक टार्न गाह्रो भएका असाहय, पिडित, दृष्टिबिहिन, अनाथ, एकल महिला, अपांग तथा बिरामी र श्रमिक मजदुरहरुलाई १/१ बोरा चामल, तेल,नुन लगायतका सामाग्री टोखा, बौद्ध, गंगबु माछापोखरी, धापासी,तारकेश्वर,गोलढुङ्गा, चरिकोट जिल्ला लगायतका विभिन्न स्थान र अनाथ आश्रमहरुमा वितरण गरेको छ । त्यसैगरी सडकपेटीमा आश्रितहरुलाई समेत खाना खुवाउदै गरेको हर्के हल्दारका निर्माता इन्द्र दोङ्ग लामा खम्बेले बताए।

सम-समाहिक बिषय बस्तुलाई ब्यङ्गत्माक तबर बाट सामाजिक सदभाब फैलाउदै हरेक नेपालीको मन मुटुमा बस्न सफल टेलिचलचित्र “हर्के हल्दार” को तर्फबाट गरिएको राहत वितरण कार्यक्रममा निर्माता इन्द्र दोङ्ग लामा खम्बे, कलाकार शिबहरि बैरागी, निर्देशक शिब शर्मा, कलाकारहरु सरु दाहाल (देउती), बिनोद परियार, राजेन्द्र गिरि, शान्ति बस्नेत(बाग्मती), बिन्दा दुलाल, सुशिला निरौला लगायतका कलाकारहरुको उपस्थितिमा राहत वितरण गरिएको थियो।

मुलुकमा आउने हरेक विषम परिस्थिति हर्के हल्दार समूहले नेपाली जनताको सहयोगमा उत्रिने गरेको छ। यस राहत वितरण कार्यमा साथ् सहयोग पुर्याउने सम्पूर्ण मनकारी समाजसेवीहरुमा हर्के हल्दार परिवार बिशेष धन्यबाद गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेको निर्माता इन्द्र दोङ्ग लामा तथा कलाकार बिनोद परियार बताउछन।

तपाईको प्रतिक्रिया