सांगीतिक क्षेत्रमा छोटो समयमै राम्रो सफलता हात पारेकी गायिका हुन् एलिना चौहान । ‘इन्स्टाको फोटो’गीतको कभर गाएपछि उनको चर्चा शुरु भएको थियो । त्यसपछि गतवर्ष लकडाउनमा सार्वजनिक ‘के माया लाग्छ र रु’बोलको गीत उनको सांगीतिक करिअरका लागि ‘टर्निङ प्वाइन्ट’ सावित भयो ।

उक्त गीतलाई स्रोता एवं दर्शकको निकै मन पराए । त्यसपश्चात उनलाई थुप्रै गीतको अफरले पछ्याईरह्यो । उनका ‘मिनिरल वाटर’, ‘कुरा काट्ने मान्छेले काटुन’, ‘छेकेर माया छेकिन्न’, ‘मेरो परान’ लगायतका थुप्रै गीत चर्चित रहे ।

उनै एलिना आज आफ्नो जन्मदिन मनाउँदैछिन् । झापाकी एलिना आजदेखि २२ वर्ष पुरा भएर २३ वर्षमा लागेकी हुन् । जन्मदिनमा उनलाई सांगीतिक क्षेत्रका थुप्रैले शुभकामना दिइरहेका छन् ।
एलिनाले आफ्नो जन्मदिन कपनमा रहेको अन्र्तदृष्टि नेपाल नामक बालआश्रममा मनाएकी छिन् । त्यहाँ रहेका बालबालिकालाई लत्ताकपडा वितरण गरिन्, चकलेट बाँडिन् अनि केक काटिन् । निषेधाज्ञाका कारण अरु धेरै योजना नभएको एलिनाले बताईन् ।

सांगीतिक क्षेत्रबाट पाएको सफलताबाट आज एलिना खुःसी छन् । अहिलेको सफलता आफूले नसोँचेको समेत एलिनाले बताइन् । ‘काम गर्दे जाँदा स्रोता÷दर्शकले माया गर्नुभयो । एमदमै खुःसी छु’– उनले भनिन् ‘आउँदा दिनमा अझ राम्रो कामहरु गर्दै जानेछु ।’ उनलाई फरक–फरक खालका गीतहरु गाउन मनपर्छ । आगामी दिनमा राम्रा गीतहरु स्रोता–दर्शकलाई दिने प्रयास रहने बताइन् ।

एलिनाले गतवर्षको आफ्नो जन्मदिन बृद्धाआश्रममा मनाएकी थिइन् । त्यसअगाडि पनि उनी सामाजिक काममा रुचि राख्दै आएकी थिइन् । आउँदा दिनमा सामाजिक कामलाई अझ राम्रो तरिकाले अगाडि बढाउने उनको सोँच छ ।

एलिना आउँदा दिनमा आफूले पाएको पारिश्रमिकबाट केही रकम समाजसेवाका लागि छुट्याउने सोँच रहेको बताइन् ।

‘पहिले थोरै–थोरै सहयोग गर्दै आएकी थिए । अब अलि राम्रो तरिकाले सहयोग गर्ने सोँच छ’ उनले भनिन्, ‘मैले पाएको पारिश्रमिकबाट केही रकम बचत गर्दै समाजसेवाका लागि छुट्याउने सोँचेकी छु ।’

उनी आफूले गीत गाउँदा पाएको पारिश्रमिकबाट दुई–तीन हजार, दुई–तीन हजार रुपैयाँ बचत गर्दै जाने र पाँच–छ महिना, पाँच–छ महिनामा त्यो रकम कुनै काममा खर्च सोँच बनाएको बताइन् । आफू स्रोता–दर्शककै मायाले यहाँसम्म आएको बताउँदै उनीहरुको दुःखमा सकेको सहयोग गर्नु आफ्नो कर्तब्य रहेको बताइन् ।

तपाईको प्रतिक्रिया