बलिउड अभिनेत्री शिल्पा शेट्टिले आईतबार सामाजिक सञ्जालमा आफ्ना पति राज कुन्द्राको लागि बुवाको मुख हेर्ने दिनको अवसरमा एक खास म्यासेज शेयर गरेकी छिन् ।

इन्ष्टाग्राममा शिल्पाले आफ्नो पति राज, छोरी समीशा र छोरा बियान राज स्विमिङ पुलमा नुहाउँदै गरेको फोटो पोष्ट गरेकी छिन् ।

फोटो संगै शिल्पाले लेखेकि छिन्– प्रिय कुकी, दुनियाको लागि तपाई सिर्फ एक पिता हो तर हाम्रो परिवारका लागि तपाई दुनिया हो ।

हाम्रो बच्चा बीयान राज तथा समीशा तपाईको जिन्दगीमा आउनका लागि काफि भाग्यशाली छन् ।

सिल्पा सेट्टी ।
हाम्रो जिन्दगीमा आउन र दुनियाको सबैभन्दा राम्रो बुवा बनेकोमा धन्यबाद । उनले आफ्नो पति राजलाई एकदमै तारिफ गरेर पोष्ट शेयर गरेकी छिन् ।

तपाईको प्रतिक्रिया