काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले जोगीकुटी जानकीनगर, भैरहवा, नयाँगाउँ बुटवल, मुर्गिया,मनिग्राम र भरतपुर, टाँडी, पर्सा बजार, गैडाकोट, इनरुवा,झुम्का,विराटचोक शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले सहायकका लागि कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले यी विभिन्न शाखा कार्यालयका लागि ७५ जना कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया