नायिका अदिती वुढाथोकी मुम्बइलाई सपना बुनेर अगाडि बढ्दै गरेकी एक कलाकार हुन् । उनको आज जन्मदिन हो । आजबाट उनी २५ वर्षमा प्रवेश गरेकी छिन् ।
नेपाली लोकप्रिय नायक अनमोल केसीसँग फिल्म खेलेपछि नेपालमा अदिति बुढाथोकीको चर्चा सुरु भयो । झापाको दमकमा जन्मिएकी अदिति फेसन डिजाइनर पुष्पा बुढाथोकीकी छोरी हुन ।
उनले केही नेपाली र भारतीय म्युजिक भिडियो मा काम गरेपछि उनी ‘कृ’बाट डेब्यू गरेकी हुन् । मुम्बईमा बसेर सङ्घर्ष गरिरहेकी अदितिको सुन्दरताको निकै चर्चा हुने गर्छ। ५ फिट ५ इन्च उचाइ भएकी यी सुन्दरी कम बोल्ने र सरल स्वभावकी छिन् ।
‘कृ’मा काम गरेपछि केही नेपाली र पन्जाबी म्युजिक भिडियो मा पनि अभिनय गरेकी अदितिको कभरेज भारतका चर्चित मिडियाहरूले पनि बेला बेलामा गर्ने गर्छन् ।
सामाजिक संजाल इन्स्टाग्राममा अदितीका ११ लाख भन्दा बढी फलोअर्स छन् ।
सामाजिक संजालकी रानी बनेकी यी सुन्दरीका तस्वीरमा आउने प्रतिक्रियाले पनि उनको लोकप्रियता मापन गर्न सकिन्छ ।










