मंगलबार सुनको मूल्य सामान्य घट्दा चाँदी भने स्थीर रहेको छ । आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि छापावाल सुन प्रतितोला ९० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन पनि प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदी पनि स्थीर रहेको छ । चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया