हास्य सिरियल ‘भद्रगोल’मा की कलाकार रक्षा श्रेष्ठ गुरुङले छोरीलाई जन्म दिएकी छन् । उनले दुई महिना अगाडि नै छोरीलाई जन्म दिए पनि आफू आमा बनेको खबर सार्वजनिक गरेकी थिइनन् । तर आज आफ्नो जन्मदिनको अवसर पारेर छोरीको तस्वीरसहित आमा बनेको ‘सरप्राइज’ आफ्ना फ्यान एवं शुभचिन्तकलाई दिएकी छन् ।

उनले आफूलाई व्यक्तिगत कुराहरु गोप्य राख्न मनपर्ने भएकोले आमा बनेको कुरा खबर नगरेको बताएकी छन् । कलाकार रक्षाले १३ वर्षअघि नै मिग्मा गुरुङसँग विवाह गरेकी थिइन् । बैवाहिक जिवनमा बाँधिएको लामो समयपछि रक्षाले छोरीलाई जन्म दिएकी हुन् । रक्षाले छोरीको नाम माहिरा गुरुङ राखेको जानकारी दिइन् ।

आफ्नो जन्मदिन घरभित्रै सामान्य तरिकाले मनाउने रक्षाले जानकारी दिएकी छन् ।
रक्षा हास्य सिरियलका अलवा थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छन् । तर, उनको चर्चा भने भद्रोगोल सिरियलबाट हुन थालेको हो ।

तपाईको प्रतिक्रिया