गायक तथा नायक प्रकाश सपुतले ४९ लाखमा कार किनेपछि निकै दंग परेका छन् । उनले कारको छेउमा उभिएर कलाकारले मात्रे पनि कार किन्न सकिने कुरा बताएका छन् ।
प्रकाशले लक्ष्मी हुन्डाइको नयाँ सेतो रंगको ‘क्रेटा’ कार किनेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सपना देख्नेहरुलाई प्रेरणा हुनसक्छ । कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ है ।’
गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका प्रकाश सपुतले २ वर्षअघि काठमाडौमा नै घर किनेका थिए । उनले घर किनेको दुइ वर्षमा नै नयाँ र महँगो कार किनेका हुन् ।
उनका ‘दोहोरी ब्याटल’, ‘बोल माया’, ‘गलबन्दी’, ‘बदला बरिलै’ हुँदै ‘मेरो पनि होइन र यो देश ?’ सर्वाधिक हिट गीत हुन् । साथै हालै फिल्म ‘परदेशी २’ बाट फिल्ममा अभिनेताका रुपमा दर्शकमाझ आउँदैछन् । जुन फिल्म छायांकन सकेर प्रदर्शनको तयारीमा रहेको छ ।

नेपाली सांगीतिक क्षेत्र विस्तारै फराकिलो बनिरहेको छ भन्ने कुरा प्रकाश सपतु लगायतका कलाकारहरुले देखाइरहेका छन् । गीत संगीतमा मिहिनेत गर्न सक्ने हो भने सर्जकले जीवनलाई सहज रुपमा जिउन सक्ने अवस्था बनेको छ ।

तपाईको प्रतिक्रिया