काठ्माण्डौ असार २८ – बाध्यता र बिवसताको कारण सांगितिक क्षेत्रबाट केहि समय टाढिएका लोकप्रिय गायक तथा सर्जक रामहरी भण्डारी अहिले भने निकै शसक्तताको साथ आउन थालेका छन । उनको प्रस्तुतिमा गोल्डेनको सारी, फुल्छ फुल पात मात्रै डाठ् बिना, भैगो बिर्सिदेउ, धोबि किनारमा लगाएतका गीतहरु बजारमा अहिले बजारमा निकै चर्चामा रहेका छन । उनै रामहरीको प्रस्तुतिमा पछिल्लो सांगितिक प्रस्तुति “लोभि नजर लगाउछौ सारिमा” बोलको गीत पनि सार्बजनिक भैसकेको छ । सार्बजनिक भएको छोटो समयमा नै उक्त गीतलाई धेरै श्रोता तथा दर्शकहरुले रुचाईसकेका छन ।

माथि उल्लेखित गीतमा रामहरी भण्डारी र सबिता ढुंगानाको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय सानु के.सि ले तयार पारेका हुन भने शब्द सुफिक्स मदनले तयार पारेका छन । निकै रोमान्चक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमा मनोज लामिछने, आशा भुसाल, राज पुलामि मगर र लक्ष्मि दर्नालको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन सानु के.सि ले गरेका हुन भने कोरियोग्राफि निरेन श्रेष्ठ, र छायंकन तथा सम्पादन दिनेश मुस्कानले गरेका छन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया