काठमाण्डौ असार २८ – चारैतिरबाट नेपालि मौलिक गीत संगीत र त्यस भित्र प्रयोग हुने बाजाहरुमा पाश्चातीय स्वादको बिगबिगी बढिरहेको बेला आफ्नै कला संस्कृति र मौलिकतालाई यथा स्थानमा राख्ने प्रयासका साथ् लोकप्रिय गायक तथा शर्जक सुन्दर आर डि ले भर्खरै मात्र आफ्नो पछिल्लो “रानी घाटैमा” लिएर आएका छन् । उनले यस अघि बजारमा ल्याएका गीतहरुले पनि कहिल्यै मौलिकता छोडेन । जसको कारणले पनि सुन्दर अशंख्य श्रोता तथा दर्शकहरुको मन मष्तिस्कमा रहेका छन् ।
क्षेणिक चर्चा भन्दा पनि लोकप्रियतामा बिश्वास गर्ने गायक तथा शर्जक सुन्दरको पछिल्लो पटक बजारमा आएको गीतमा उनि स्वयम् साथै इन्दिरा गोले गुरुङ्ग र मनु खातीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय गायक स्वयम् सुन्दरले तयार पारेका हुन् भने शब्द बर्षा सिलुवाल र सुन्दर आर डी को रहेको छ ।
“रानी घाटैमा” बोलको गीतको म्युजिक भिडियोमा सुरज श्रेष्ठ, अन्जु सुनार, हरी कालिराज र मनिता डंगोलको मन छुने र आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन रोशन धिताल ले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।