नेपाली चलचित्र जगतकी प्रख्यात नायिका प्रियंका कार्की अहिले गर्भवती रहेकी छिन्।

उनको चर्चा उनले काम गरेका चलाचित्रको कारण मात्र नभएर विभिन्न कारणले हुने गर्छ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने प्रियंकाको इन्स्टाग्राममा १० लाख भन्दा बढी फलोअर्स छन्।

उनी आफू गर्भवती भएपछि सामाजिक सञ्जालमा झनै सक्रिय देखिएकी छिन्।

प्रियंकाले दैनिक जसो नै केहि नौला नौला तस्बीरहरु इन्स्टाग्राममा शेयर गर्ने गरेकी छिन्।

सोमबार प्रियंकाले प्रियंकाले आफ्नो इन्स्टाग्राममा अकाउन्टमा एक रमाइलो तस्बीर शेयर गरेकी छिन्।

जहाँ उनको श्रीमान, देवरलगायतका पुरुषहरुले पेटमा लुगा हालेर फोटो खिचेका छन् । उक्त्त फोटो हालेपछि फ्यानहरुले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । केही रुष्ट छन् भने केहिले प्रशंशा गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया