काठमाडौँ: डिल्लीबजार कारागारमा रहेका जसपाका नेता रेशम चौधरी पार्टीको आधिकारिकता विवाद समाधानका लागि हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका छन् ।

जसपाका केन्द्रीय कार्यकारिणी सदस्य चौधरीले उपेन्द्र यादव समूहका लागि हस्ताक्षर गर्ने बुझिएको छ । यसअघि आयोगले सनाखतका लागि जसपाका ५१ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई आयोगमा उपस्थित हुन आग्रह गरेको थियो ।

नेता चौधरी सोमबार दिउँसो कडा सुरक्षाका बीच आयोग पुगेका थिए । अध्यक्ष उपेन्द्र यादव समूहका नेताहरुले चौधरी आफ्नै समूहमा रहेको प्रतिक्रिया दिँदैआएका छन् । कैलाली घटनामा चौधरीलाई अदालतले मुख्य दोषी ठहर गरेपछि उनको सांसद पद खारेज भएको हो ।

– annapurna post

तपाईको प्रतिक्रिया