काठमाडौं। पोर्न फिल्म केसमा राज कुन्द्राकी सहयोगी रहेकी अधिनेत्री गहना वशिष्ठ र रोवा खान समेत नराम्रोसँग फस्ने देखिएका छन् । पुलिस निकट सूत्रले २ जना पीडित युवतीको बयान जारी गरेको छ जसमा ती युवतीहरुले गहना र रोवामाथि धम्की दिएर जबरजस्ती आफूहरुलाई शारीरिक सम्बन्ध राख्न बाध्य पारेको र फिल्म सुटिङ गराएको आरोप लगाएका छन् । दुवै युवतीहरुले मुम्बइको मड आइल्याण्डको एक बंगलामा सुटिङ गरिएको बयान दिएका छन् ।

पहिलो पीडित २५ वर्षकी छिन् । उनले केही भोजपुरी, मराठी र हिन्दी फिल्ममा काम गरिसकेकी छिन् । उनले रोवा खानमाथि जबरजस्ती अश्लील फिल्म सुटिङ गराएको आरोप लगाएकी छिन् । उनले आफ्नो बयानमा भनेकी छिन् ‘२०१८ मा मैले रौनक नामका कास्टिङ डाइरेक्टरलाई भेटेकी थिएँ । उनले मलाई रोवा खानको एक प्रोजेक्टमा काम दिलाए । २ फेब्रुअरी २०२१ मा रौनकले मलाई मलाडमा भेट्न बोलाए । दुवै एक कारमा आए र मलाई मड आइल्याण्डको मालवनी क्षेत्रमा ग्रीन पार्क बंगलामा लिएर गए ।’

उनले अगाडि भनिन् ‘रोवाले मलाई २५ हजार रुपैयाँ अफर गरेर एउटा स्क्रिप्ट थमाइन् र मलाई निकै खुला कपडा लगाउन भनिन् । त्यसपछि मलाई बर्तन वाली नामको एक स्क्रिप्ट थमाइन् जसलाई पढेर मैले यो गर्न सक्दिन भनें । रोवाले मलाई ठूलो ब्रेकभन्दा पहिले हिरोइनले यस्तो काम गर्नुपर्छ भनिन् । त्यसपछि मुख्य अभिनेता भानुले पनि मलाई यस्तो फिल्ममा काम गर्न कुनै आपत्ति नहुने बताए ।’

उनले बयानमा अगाडि भनेकी छिन् ‘आधा फिल्मको सुटिङपछि मलाई नग्न सुटिङ गर्न भनियो । मैले न्युड सिन दिन्न भनेपछि रोवाले मलाई धम्क्याउन सुरु गरिन् । उनले मैले न्युड सिन नदिए मविरुद्ध केस गरिदिने धम्की दिइन् । यति मात्र होइन उनले सुटिङको भएको नोक्सानीको पैसा पनि मैले दिनुपर्ने र फिस पनि नपाउने भनिन् । उनले उद्योगका अरु कसैसँग मलाई काम गर्न नदिने धम्की पनि दिइन् । दबाबमा मैले न्युड सिन दिनुपर्यो ।’

अर्की पीडितले गहना वशिष्ठमाथि आरोप लगाएकी छिन् । यी पीडित २० वर्षकी छिन् र उनले मराठी, हिन्दी फिल्ममा काम गरेकी छिन् । उनलाई पनि वेब सिरिजको सुटिङका लागि भनेर मड आइल्याण्ड बोलाइयो र १० हजार रुपैयाँ पारिश्रमिक दिने भनियो । उनलाई यो शोकी निर्माता गहना भएको भनिएको थियो । पीडितले भनिन् ‘गहनाले मसँग भेटिन् र वेब सिरिज राजा रानी र तीन जना पुड्काहरुको विषयमा भएको बताइन् ।’

उनले अगाडि भनिन् ‘सुटिङका क्रममा मलाई जबरजस्ती एउटा कोठामा लगियो अनि ३ जनाले जबसजस्ती पालैपालो मसँग शारीरिक सम्बन्ध राखे । त्यसपछि गहनाले मलाई नयाँ कपडा दिइन् सुटिङमा जान भनिन् । मैले अस्वीकार गरेपछि उनले मलाई धम्की दिइन् । उनले मलाई सुटिङमा १० लाख खर्च भएको र सुटिङ छोडेर गए १० लाख दिनुपर्ने भनिन् । मैले उनलाई मसँग यति पैसा नभएको भने । त्यसपछि आकाश नामको एउटा केटा आयो र उसले पनि जबरजस्ती मसँग शारीरिक सम्बन्ध राख्यो । त्यसपछि मैले गहनासँग मलाई जान दिन बिन्ती गरें । उनले मलाई यसबारे कसैलाई बताए परिणाम राम्रो नहुने धम्की दिइन् ।’

राज कुन्द्रा पोर्न केसमा पुलिसले गहनालाई पनि कानुनी नोटिस पठाएको छ । उनी क्राइम ब्रान्चमा आफ्नो बयान रेकर्ड गराउन उपस्थित हुन बाँकी छ । यो केसमा गहना र उनका सहयोगीहरुलाई यसअघि २१ फेब्रुअरी २०२१ मा गिरफ्तार गरिएको थियो । पछि गहनालाई जमानतमा रिहा गरिएको थियो ।

तपाईको प्रतिक्रिया