चन्द्रमोहन बिस्वासको शब्द तथा गिता चौधरीको संगीत रहेको गीत ‘दिल चिरीके’ म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । चर्चित गायक प्रकाश माझी र चर्चित गायिका गिता चौधरीको सुमधुर स्वर रहेको गीतमा चर्चित मोडेल बिनोद चौधरी र चर्चित मोडेल एण्डिसा चौधरीको मुख्य अभिनय रहेको छ ।

सुनसरीको रमणीय स्थलमा छायांकन भएको म्युजिक भिडियोको गितको कन्सेप्ट स्टोरी सन्जु बाबाको रहेको छ भने क्यामरामा रविन्द्र चौधरीले साथ दिएका छन् । यस्तै लाईटमा आनन्द चौधरी र व्यवस्थापनमा जसनकी चौधरीले साथ दिएकी छन् ।

गीतमा भिलेनको भुमिकामा कुलदिप चौधरी, अजय सरदार, राजबाबु विस्वास, भक्तिराम जादुले खेलेका छन् । यस्तै बविता, दिलकुमारी, आशिष, आरती, आनन्दले साथ दिएका छन् । यस्तै दिल चिरीके गित मेगा डिजिटल युट्युब च्यानलले पोष्ट प्रोडक्सन गरेको छ ।

म्युजिक भिडियो चाँडै सार्वजनिक गरिने छ ।

तपाईको प्रतिक्रिया