काठमाडौं — नेपाली नारिहरूको महान् चाड हरितालिका तीजको रौनक नेपालका के सहर के  गाउँ, जताततै फैलिसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको  दीर्घायु कामना गर्दै व्रत बस्ने गर्दछन् । यद्यपि समय सँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरूमा सहजै दृष्टिगोचर हुन्छन् ।

हिजोआज तीज भडि्कलो हुँदै छ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो समेत हुन थालेको र यसको मौलिकता पनि हराउन थालेको गुनासो बढ्न थालेको छ । तीजमा तीज गीतहरूको पनि उत्तिकै भूमिका पाइन्छ । पछिलो समय भने पहिलेका तीज गीत र अहिलेका तीज गीतमा धेरै भिन्नता पाइन्छ । अहिलेका तीज गीत संस्कृति सम्झाउने भन्दा विर्साउने र विकृति बढाउने खालका मात्र आउन थालेका छन् । महिला अधिकार र दुखः पीडाका गीत भन्दा छाडा र उरन्ठेउला गीतले बजार लिइरहेका छन् ।

यसैलाई मध्यनजर राख्दै आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ गायक खुमन अधिकारी र गायिका सुनिता दुलाल सन्जेलको स्वरमा रहेको “नाचिदेउ पुतली” सार्वजनिक गरिएको छ । नेत्र अर्यालको शब्द तथा संगीत रहेको गीतमा बिनोद बाजुरालिको संगीत सम्योजन रहेको छ । गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् भने छायांकन बुद्ध थापा र मिलन बिस्वकर्माको सम्पादन गरेका छन् ।

भिडियोमा सुधिर श्रेष्ठ र गिता ढुंगानाको अभिनय देख्न सकिन्छ । एस.पि म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत प्रस्तुत गीतको म्युजिक भिडियोलाई सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया