काठमाडौं — नेपाली नारिहरूको महान् चाड हरितालिका तीजको रौनक नेपालका के सहर के गाउँ, जताततै फैलिसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्ने गर्दछन् । यद्यपि समय सँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरूमा सहजै दृष्टिगोचर हुन्छन् ।
हिजोआज तीज भडि्कलो हुँदै छ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो समेत हुन थालेको र यसको मौलिकता पनि हराउन थालेको गुनासो बढ्न थालेको छ । तीजमा तीज गीतहरूको पनि उत्तिकै भूमिका पाइन्छ । पछिलो समय भने पहिलेका तीज गीत र अहिलेका तीज गीतमा धेरै भिन्नता पाइन्छ । अहिलेका तीज गीत संस्कृति सम्झाउने भन्दा विर्साउने र विकृति बढाउने खालका मात्र आउन थालेका छन् । महिला अधिकार र दुखः पीडाका गीत भन्दा छाडा र उरन्ठेउला गीतले बजार लिइरहेका छन् ।
यसैलाई मध्यनजर राख्दै आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ बिगत लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्र सम्वृद्धिको लाग जुर्मुराईरहेकी लोकप्रिय गायिका उमा श्रेष्ठले भर्खरै मात्र “तिजैको मेला” बोलको गीत सार्बजनिक गरेकी छिन् । प्रस्तुत गीतलाई कमल सौरागले भरेका हुन् भने शब्द राजु परियारको रहेको छ ।
वास्तविक तीज गीतमा हुनुपर्ने स्वाद सामबेस गरिएको यस गीतको म्युजिक भिडियोमा रुबिना अधिकारीको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन स्मृति तिमल्सिना (गुरुआमा) ले गरेकी हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश धमलाले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई डी ए आर मुभिज युट्युब च्ग्यानल मार्फत सार्बजनिक गरिएको छ ।
भिडियोलाई सार्वजनिक गरिएको छ ।