- बिएल संवाददाता

पोर्न चलचित्र निर्माण केसमा अभिनेत्री शर्लिन चोपडालाई सोधपुछका लागि बोलाइएको छ। उनलाई आज प्रोपर्टी सेलको अफिसमा बिहान ११ बजे बोलाइएको हाे।

शर्लिनले अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्राको कम्पनी ‘आर्म्सप्राइम मिडिया’सँग करार गरेकी थिइन्। करार अन्तरगत भारतभन्दा बाहिर रहेका कम्पनीका केही एपलाई अश्लीलल सामग्री उपलब्ध गराइन्थ्यो।

शर्लिनले राज कुन्द्राले आफूलाई वयस्क फिल्म जबर्जस्त धकेलेकाे आरोप लगाएकी छिन्। उनका अनुसार सबैभन्दा पहिलो एउटा रोलका लागि शर्लिन एप्रोच गरिएको र पछि वयस्क सामग्री निर्माण गर्ने अफर गरिएको थियो। राजले उनलाई ‘हटसट’ एपका लागि सुटिङ गर्न भनेको तर त्यसलाई शर्लिनले अस्वीकार गरेको बताएकी छन्।

उनले अप्रिल २०२१ मा राजविरुद्ध एफआईआर दर्ता गरेकी थिइन्। राज हाल १४ दिनका लागि न्यायिक हिरासतमा छन्। उनलाई अदालतले २८ जुलाईमा जमानत दिन अस्वीकार गरेको थियो।

साभार स्वि एल नेपाली सेवा

तपाईको प्रतिक्रिया