काठमाडौं- चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन-३’ को विजेता किरण गजमेर बनेका छन् ।

दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन-३’ घोषित गरियो ।

उनी टिम प्रमोदबाट विजयी भएका हुन् । टीम दीपका आर्यन तामाङ, टीम तृष्णाका ज्वाला राई र टीम राजुका तारा श्रीस मगरको भने उपाधि जित्ने सपना पूरा हुन सकेन ।

शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरे ।

उनी भ्वाइसका लागि नै अमेरिकाबाट नेपाल आएका थिए ।

भुटानी शरणार्थी उनी अमेरिका पुर्नस्थापित भएका थिए ।

तपाईको प्रतिक्रिया