मिस नेपाल नर्थ अमेरिका–२०२१ को ताज गरिमा ज्ञवालीले हात पारेकी छन् । उनले १८ जना प्रतियोगीलाई हराउँदै मिस नेपाल नर्थ अमेरिका–२०२१ को ताज जित्न सफल भएकी हुन् ।

प्रतियोगीतामा फर्स्ट रनरअप याङ्गछेन लामा भए भने सेकेन्ड रनरअप सुभेच्छा निरौला बन्न सफल भएका छन् । त्यस्तै, मिस ट्यालेन्टमा रोशिका गजमेर, मिस कम्युनिटी आउटरिचमा एलिना राइ, मिस पपुलरमा नग्मा गुरुङ्ग, मिस स्माइलमा निमिका थापा ,मिस वेस्ट ड्रेसमा सेलिषा नेपाल, मिस पर्सोनालिटीमा गरिमा ज्ञवाली ,मिस डिसीप्लेनमा सुप्रिता फुयाल ,मिस क्याटवाकमा दिना केसी ,मिस पर्सोनालिटीमा गरिमा ज्ञवाली , मिस राईजिगं स्टारमा अलिशा गुरुङ्ग, मिस स्किनमा चाँदनी लामा, मिस बेस्ट हेयरमा मुना नेपाल, र उत्कृष्ट हेरिटेजमा जेनी रावत लगायतले टाइटाल जिते ।

अगस्त १ देखि अगस्त ६ सम्म चलको प्रतियोगा यहि शनिबार फाइनल भएको थियो । यो प्रतियोगिताको लागि पूर्व नेपाल सुन्दरीहरु क्रमस शृंखला खतिवडा ,सदीक्षा श्रेष्ठ,मनिता देवकोटा,मलिना जोशी तथा साहना वज्राचार्य उपस्थित भएका थिए । पुर्व मिस नेपाल समेत रहेकी शृखला खतिवडाले अफिसियल मेन्टोर तथा मुख्य निर्णायकको भुमिका निभाएकी थिइन्। अन्य निर्णायकहरुमा सुरज सिंह ठकुरी,सवु गदाल कार्की,मोनिका घले, मलिना जोशी,डा सुलोचना गुरुग, आशिश प्रसाई, पूर्ण लामा, पशुपति श्रेष्ठ तथा अधिवक्ता बासु फूलारा रहेका थिए ।

तपाईको प्रतिक्रिया