अभिनेत्री नीता ढुंगाना भोजपुरी फिल्म ‘माही’ को छायांकन सेटमा फर्किएकी छन् । निषेधाज्ञाका कारण छायांकन गर्दा गर्दै रोकिएको फिल्मको बाँकी सिनको लागि सेटमा फर्किएकी हुन् । चन्द्र वन्तको निर्देशनमा निर्माण भइरहेको यो फिल्मको छायांकन नेपाल तथा भारतका विभिन्न स्थानमा छायांन भइरहेको नीताले जानकारी दिएकी छन् ।

फिल्म ‘माही’का लागि निर्माण टिमले काजल राघवानीसँग सम्झौता गरेको थियो तर विशेष कारणले उनले फिल्म गर्न नसक्ने बताएपछि नीता ढुङ्गानालाई अनुबन्ध गरेको थियो । कात्यायन फिल्मस् क्रियशनको ब्यानरमा निर्माण हुने फिल्मलाई अरुण कुमार मिश्र र रितेश वन्दना श्रीवास्तवले निर्माण गर्न लागेका हुन्। फिल्मको सह निर्मातामा आद्या गुप्ता र ज्योति दिनेश पाण्डेपनि जोडिएका छन् । फिल्ममा नीता ढुङ्गाना,आनन्द ओझा, प्रशान्त ताम्राकार, नरेन खड्का, संजय पाण्डे, जुनैद शेख, शिवेश देवनाथ, आयज खान, संजय माहानन्द लगायतका कलाकारको अभिनय रहनेछ।

फिल्मको छायांकन ट्युनिसिया, स्कटल्याण्ड र टर्कीमा गरिने निर्माणपक्षले जानकारी दिएको छ भने पुरुषोत्तम प्रधानले फिल्मलाई खिच्ने जिम्मा पाएका छन्। फिल्ममा मनिष किशोरको पटकथा तथा संवाद, रामजी लामिछाने र कानु मुखर्जीको कोरियोग्राफी, ओम झाको संगीत, विरेन्द्र पाण्डे र ड्रेगन प्रकाशको एक्सन रहनेछ । एकसनले भरिपुर्ण फिल्मको आगामी फेब्रअरी ६ तारिखबाट छायांकन सुरु हुने भनिएको छ। यस फिल्मका निर्देशक नेपाली फिल्मका द्वन्द्व निर्देशक हुन्। उनले थुप्रै फिल्ममा द्धन्द निर्देशकको काम गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया