राज श्री इन्टरटेनमेन्ट नेपाल सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “आलु जस्तो लव” को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने भएको छ। जसमा सबिना सुनार ले “निशा” को मुख्य भुमिका निर्वाह गर्ने भएको छ । सबिना सुनार “आलु जस्तो लव” मा चाइ निशा नामको भुमिकामा देखिने छिन। देव धिमाल को निर्देशन कृष्ण के.सि को लेखन विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको गित संगीतमा दिनेश गौतम र अनु सिह को स्वर रहने भएको छ । सिरिजमा अश्मित पोखरेल ले मुख्य सहायक निर्देशक को रुपमा काम गर्ने भएका छ्न। काठमाडौ वरिपरि छायांकन हुने सिरिज को पोस्ट प्रोडक्सनको जिम्मा विजय राज फिल्मस लाई दिइएको छ। सिरिजमा शारदा गिरि (काली बुढी) राजकुमार शाह ,भिमसेन खतिवडा,प्रीयन्सी श्रेष्ठ ,प्रीयन्का श्रेष्ठ,दिवश नाथ,सुमन थोप्रा लिम्बू, उमेश खनाल लगायत का कलाकार हरु को मुख्य भुमिका रहने भएको छ।
देव धिमाल को निर्देशनमा तयार हुँदै “आलु जस्तो लव”web series मा पोखरा कि सबिना सुनार अनुबन्धित।
