काठमाण्डौ भाद्र २६ – मौलिक लोक दोहोरी गीत संगितका लागि सफल जोडि मानिएका रामशरण आले र शम्भु नेपालको सहकार्यमा फेरी पनि अर्को गीत सार्बजनिक भएको छ । उक्त गीत रामशरण आले र केशब श्रेष्ठको सम्युक्त प्रस्तुति “बाँसको डोको” बोलको रहेको छ । रामशरण र शम्भुको सम्युक्त प्रस्तुतिमा यस भन्दा अघि घैया मकै, ओई लुरी, लगाएतका थुप्रै गितहरु सार्बजनिक भैसकेका छन् । जस मध्ये घैया मकै बोलको गीतले उनीहरु द्वयको सांगीतिक जिबनमा छुट्टै इतिहाँस रच्न सफल भएको छ ।

यिनै गीतहरुको चौतर्फी सफलता भर्खरै मात्र सार्बजनिक भएको माथि उल्लेखित गीतले पनि सोहि किसिमको लोकप्रियाता प्राप्त गर्नेमा उक्त गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरु ढुक्क रहेका छन् । प्रस्तुत गीतमा रामशरण आले, केशब श्रेष्ठ र सिर्जु अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतलाई लय शब्द शम्भु नेपालले तयार पारेका छन् । नेपाली लोक तथा दोहोरी गीत संगीतमा आएका बिकृति र बिशंगतिलाई हामि सम्पूर्ण सचेत नागरिकले पखाल्नु पर्छ भन्ने किसिमका उच्च सोच बोकेर हिड्ने शम्भुका यस भन्दा पहिला प्रस्तुति झैँ यस प्रस्तुतिले पनि सफलता प्राप्त गर्ने कुरामा ढुक्क रहन सकिन्छ । किन कि यस गीतमा प्रयोग भएका सम्पूर्ण संयोजन उत्कृष्ट रहेका छन् ।

“बाँसको डोको” बोलको गीतको म्युजिक भिडियोमा राज तामाङ्ग प्रकाश, अनिता बस्नेत मास्टर्नि केदार न्यौपाने नवराज अधिकारीको आकर्षक अभिनय देख्न सकिन्छ । बिष्णु तामाङ्ग द्वारा संगीत संयोजन भएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन मरुभूमि नारायण मिश्र र सम्पादन रोशन धितालले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई शिवपुरी म्युजिक प्रालि को युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया