दिब्य राई
खाँदबारी, भदौ २७ गते । एकै परिवारका छजनाको हत्या एक व्यक्तिबाट भएको पुष्टि भएको छ । हत्यामा संलग्न वर्ष २५ को लोकबहादुर कार्कीले सङ्खुवासभाको मादी नगरपालिका वडा न. १ उम्लिङ खोलागाउँका एकै परिवारका छ जनाको सामुहिक हत्या चिर्पट (चिरेको काठ) प्रयोग गरि एकैपटक गरेको स्वीकार गरेका थिए ।

तेजबहादुरले आफूलाई काम गर्न नसक्ने पागल भनेर पटक पटक हप्काउने गाली गलौज गर्ने गरेकाले त्यहि बचन सहन नसकेर हत्या गरेको प्रहरीसँग बयानमा बताएका थिए ।
आरोपी लोकबहादुरले तेजबहादुरलाई मात्रै मार्ने योजना रहेको भएपनि अरुले समेत थाहा पाएको ठानेर सवैलाई चिर्पटनै प्रयोग गरि हत्या गरेको बताएका थिए ।

उनले दाउरा राखेको ठाउँबाट चिर्पट झिकेर तेजबहादुरलाई पछ्याउँदै गएर बारिको डिलमा रहेको गोगनको रुख नजिक पुगेपछि चिर्पटले पछाडीबाट टाउकोमा प्रहार गरेको र चिर्पट प्रहार गर्दा तेजबहादुर ढलेर कान्लाबाट लडेर बाटोमा धर्मराउँदै लोकेले मलाई मार्यो भन्दै उठ्न खोज्दा फेरि टाउकोमा प्रहार गरेर हत्या गरेको उनले बताएका थिए । तेजबहादुरले हार गुहार गरेर चिच्याएको आवाज सुनेर कमला र रञ्जना घटना भएको ठाँउतिर जाँदा सोहि चिर्पटले प्रहार गरेको र उनीहरु बेहोस भएर रन्थनिएर बाटोबाट खोल्सामा खसेका थिए त्यहि बेला चिर्पट प्रहार गरेर हत्या गरेको पाइएको छ ।

त्यसपछि दिपेन र गोमालाई बाटोको डिलमा आएको देखेर लखेटेर हत्या गरेको र घरतर्फ गएर घर पछाडि कुँडो पकाउने ठाउँमा गएर कुँडो पकाउदै गर्दा पार्वताको कपालमा समातेर भित्तामा टाउको ठोकाई हत्या गरेको अनुसन्धानबाट खुलेको थियो । एकैपटक छ जनाको हत्या गरेर हत्यामा प्रयोग गरेको चिर्पट लोकबहादुरले आफ्नो घरमा पु्याई अगेनामा हालेर पोलेर नष्ट गरेका थिए । डिआइजी अरुण कुमार बिसीका अनुसार आरोपी कार्कीे बैदेशिक रोजगारको शिलशिलामा दुई पटक कतार र एक पटक मलेसियामा काम गर्न गएका थिए । आरोपी लोकबहादुरले अघिल्लो रात रातको समयमा आफुलाई निन्द्रा नलागेको र छटपटि भएर बसेको बताएका थिए । भोलिपल्ट विहान उनको भाइ कुँडो पकाएर वुवा र भाई सँगै चिया पकाइ खाएर घाँस काट्न गएको र उनी आफू एक्लै घरमा रहेकोबेला तेजबहादुर आई खेताला कन्फर्म गरेर फर्कने क्रममा पछ्याउँदै गएर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

उनले तेजबहादुर सहित उनकी श्रीमती कमला कार्की, आमा पार्वता कार्कीे त्यस्तै बुहारी बुहारी रञ्जना कार्की, नाती दिपेन कार्की र नातीनी गोमा कार्कीको हत्या आफुले स्वीकार गरेका थिए । उनलाई घटना भएको सोमबारबाटै प्रहरीले शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको थियो । भने उनले घटनास्थलमा प्रहरीलाई अनुसन्धानमा सघाई राखेका थिए । अनुसन्धानको क्रममा सबुत प्रमाण फेला परेपछि छ दिनमा उनलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो ।

भदौ २१ गते सोमबार एकै दिन एकै परिवारका ६ जना मृत अवस्थामा फेला परेका थिए । घटनाको जानकारी पाएलगत्तै २ घण्टामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा, संघिय प्रहरी कार्यालय धरानबाट डग सहित प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रिय अनुसन्धान व्युरो सहित ३९ जना प्रहरी परिचालन गरि घटनास्थल सुरक्षित गरेका थिए । घटनास्थल सुरक्षित बनाउनुका साथै घटनाको अनुसन्धान, प्रमाण संकलन, खानतलासी र स्थानीय मानीसहरुसंग सोधपुछ वयान लिदै निरन्तर अनुसन्धानमा प्रहरी जुटेका थिए ।

अनुसन्धानमा संघीय प्रहरी कार्यालयको प्रहरी उपरीक्षक को कमाण्डमा, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको प्रहरी नायव उपरीक्षक र केन्द्रिय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षक, प्रदेश प्रहरी कार्यालयका प्रहरी निरिक्षक सहितको टोलीले कमाण्ड पोष्ट स्थापना गरि संयुक्त रुपमा अनुसन्धामा खटेका थिए । उक्त घटना अनुसन्धानको लागि र १ न प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक अरुण विसि समेत घटनास्थल पुगि अनुसन्धानको नेतृत्व लिनुभएको थियो । अनुसन्धानका क्रममा घटना भएको छैटांै दिनमा प्रहरीले हत्यारा पत्ता लगाउन सफल भएको छ ।
निरन्तर अनुसन्धान फराकिलो बनाउँदै विभिन्न प्रमाणका आधारमा लोकबहादुरलाई पक्राउ गरेको थियो । उनलाई पत्रकार सम्मेलन गर्दै आइतबार सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया