पथरी शनिश्चरे नगरपालिका—२ मा रहेको सेल्फी रोडबाट यौन क्रियाकलापमा लिप्त भइरहेको एक जोडीलाई पक्राउ गरेको छ।
करिब साढे ४ बजेको समयमा रोड किनारमा यौन क्रियाकलापमा संलग्न भइरहेको एक अधबैसे जोडीलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

खबर पाउना साथ इलाका प्रहरी कार्यालय पथरीको टोलीले अटो सहित सेल्फी रोड बाट उनिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ।पक्राउ पर्नेहरुमा उर्लाबारी स्थायी ठेगाना भएका आटो चालक वर्ष ४० का पुरुष रहेका छन् भने पथरीशनिश्चरे नगरपालिका स्थायी ठेगाना भएकी वर्ष ३२ की महिला रहेकी छिन्।

उर्लाबारी स्थित मगलबारे बाट अटोमा चढेर पथरीशनिश्चरे घर हिडेकी ति महिला र अटो चालक सो स्थानमा पुगेपछि यौनक्रियाकलापमा समलग्न भएको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरेका दुवैले महिलालाई घर पुर्‍याउने क्रममा सो क्षेत्रमा अवान्छित गतिविधीमा समलग्न पाइएको प्रहरीले जनाएको छ। उनिहरुलाई सार्वजनिक स्थलमा अश्लिल क्रियाकलापमा समलग्न भएको आरोपमा प्रहरीले अभद्र व्याबहारमा मुद्दा दर्ता कार्वाही अगाडी बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया