लोकप्रिय गायक बुद्ध लामा पछिल्लो समय गीत गायनमा धेरै ब्यस्त रहेका छ्न । नयाँ नयाँ गीतको रेकर्डमा व्यस्त बुद्द बेला बेलामा म्युजिक भिडियोमा पनि देखिने गर्छन । म्युजिक भिडियोको अभिनय समेत पोख्त देखिने उनको अभिनयलाइ दर्शकले अत्याधिक मन पराउने गरेका छन् । यस्तैमा करिब १ हप्ता अगाडी सार्वजनिक उनको गायन र अभिनय भएको गीत ‘जाले रुमाल’ ले पनि श्रोता र दर्शकको मन जितेको छ । ‘जाले रुमाल’को भिडियो १ हप्ता सम्म पनि युट्युबको ट्रेडिङको( म्युजिक तर्फ) अग्रस्थानमा रहदै आएको छ ।
एल्बिन थापा र अलेक लामाको शब्द रहेको गी बुद्धको आफ्नै संगीत, स्वर अनि स्वरमा रचना रिमालले साथ दिएकी छिन् ।युवराज वाइवाले निर्देशन रहेको भिडियोमा बुद्ध लामाको अलावा केविका खत्री, प्रमोद भण्डारी, सृष्टि केसी, केशव थापा, उमेश राई (फुलेन्देको आमा) लगायत फिचर्ड छन् ।

 

तपाईको प्रतिक्रिया