काठमाडौं । एक दशकदेखि बेलायत निवासी गायिका पारु राईको र गायक मनोज थापा मगर र युगल गायनमा समावेश’यो माया हैन र’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमकथामा आधारित यस गीतमा पारु राईको नै शब्द रहेको छ। गीतमा संगीत र संगीत संयोजन समेत स्वयंम गायक मनोज थापा मगरको रहेको छ।
बेलायतमा छायांकन गरिएको यस गीतको भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारु राई फिचर्ड छन्। विशेष भूमिकामा दिलिप राईको समेत अभिनय देख्न सकिन्छ। पारु राई र सुर्य मोक्तान तामाङ सहायक निर्देशक रहेको भिडियोलाई बेलायतमा स्थापित संचारकर्मी कुशल श्रेष्ठको छायांकन र निर्देशनमा तयार पारिएको हो। गायक थापा मगरको आधिकारिक च्यानल ‘मनोज थापा मगर’ मार्फत भिडियो सार्वजनिक भएको हो।

 

तपाईको प्रतिक्रिया