नेपाली आधुनिक गीत संगीतको बजारमा निरन्तर, सदाबहार योगदान दिईरहेका चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको ‘आज मेरो दिल जलेर’ गीत सार्वजनिक भएको छ। सेन्टिमेन्टल जनरामा बनेको यस गीतमा म भन्दानी , धेरै माया गर्ने मान्छे, दिलको बदला लगायत धेरै गीतमा संगीत भर्दै आधुनिक गीत संगीतको यात्रामा निरन्तर लागिपरेका राज कुमारको संगीत रहेको छ भने गीतकार रवि प्याकुरेल ‘अन्जान’को शब्द रहेको छ।

यस अघि पनि थुप्रै गीत लेखिसकेका रबि प्याकुरेलका शब्दहरुमा मेलिना राई लगायत थुप्रै चल्तिका गायक गायिकाहरुले स्वर दिईसकेका छन । नेपाली लगायत अङ्रेजी गीतहरु पनि लेख्न सफल रबि प्याकुरेल ‘अन्जान ‘ आँफैमा एउटा राम्रो गायक पनि हुन । २०० भन्दा बढी गीत लेखिसकेका अनि कतिपय गीतमा संगीत पनि भरेका रबिका आगामी दिनमा पनि थुप्रै गीतहरु बजारमा आउने तयारीमा छन ।

एभरेष्ट राजको निर्देशन रहेको यस भिडियोमा विक्रम बुढाथोकी, चाँदनी सिल्या, प्रिन्सको अभिनय रहेको छ । सुरज लामाको छायांकन तथा राज कुमारको सम्पादन रहेको भिडियोलाई एक्का कम्पनीले निर्माण गरेको हो । यो दुनियाँनै माया प्रेममा अडिएको छ जहाँ कहिले मिलन त कहिले बिछोड भइरहेको हुन्छ । यही यथार्थवादी कुराको भावलाई गीत मा समावेश गरिएको छ।

गीतको भिडियो एक्का कम्पनी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

तपाईको प्रतिक्रिया