काठमाडौं । पाँच दर्जनभन्दा बढी गीत गाएर चर्चामा रहेकी गायिका रानी शाक्यले नेपाल भाषाको गीत ल्याएकी छन्। पप, आधुनिक , डान्सिङ , लभ भर्सनका गीतको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी गायिका शाक्यको नेपाल
भाषाको गीत ‘कुचु कुचु मी: ‘को आज काठमाडौंमा आयोजित एक कार्यक्रम बीच सार्वजनिक गरिएको हो ।
नेवाः फिल्म सोसाईटीका अध्यक्ष बिराजकाजी राजोपाध्याय ,नेपाल भाषाका लोकप्रिय भिडियो निर्देशक राजन शाही ,गीतकार शैलेन्द्र श्रेष्ठ ,रमेश जोशी , नेवाः फिल्मका चर्चित नायक रुपेन्द्र श्रेष्ठ र मोडेल बिनु शाक्यको उपस्तिथीमा ‘कुचु कुचु मी: ‘ को म्युजिक भिडियोको सार्वजनिक गरिएको हो ।
शैलेन्द्र श्रेष्ठको शब्दरचना ,भुपेन्द्र बज्राचार्यको संगीत ,एरेन्ज रहेको गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् । प्रेम र रोमान्सलाई देखाउन खोजिएको भिडियोमा नेवाः फिल्मका चर्चित नायक रुपेन्द्र श्रेष्ठ र मोडेल बिनु शाक्यको अभिनय रहेको भिडियोमा रश्मी क्लाराको कोरियोग्राफी ,आवेश बज्राचार्यको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन रहेको छ।
भिडियोलाइ रानी शाक्य (Rani Shakya) च्यानलबाट सार्वजनिक गरिएको हो।

 

तपाईको प्रतिक्रिया