काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ मा सहभागी भएर राम्रो चर्चा कमाएकी गायिका अफ्रिता खड्गीको पहिलो अफिसिएल म्युजिक भिडियो ‘कस्तो त्यो वेदनाले सार्वजनिक भएको छ।
नखीपोट मिलन चोक स्थित (युङ्चा हिम सेकुवा हाउस) मा सम्पन्न विमोचन कार्यक्रममा सभापति यसै म्युजिक भिडियोका निर्देशक हाङ चेम्जोङ रहेका थिए। गायक उदय सोताङ र गायिका मनिला सोताङ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा अन्य विशेष अतिथि, कलाकार र पत्राकारहरुको समेत उपस्तिथी थियो।
गीतमा शब्द, संगीत हाल इजरायलमा रहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बुको रहेको छ। गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। गीतमा बाल्यकालको साथी संगको प्रेम र मित्रतालाई स्मरण गरिएको छ। भिडियोमा स्वयम् गायिका खड्गी फिचर्ड छिन् भने बालकलाकार समृद्धि र सौरभको समेत अभिनय समावेश छ।

कुलेखानी र ललितपुरमा छायांकन गरिएको भिडियोलाई इसाक जबेगुले छायांकन गरेका हुन्। सहायक छायाँकार धिरेन तुम्बापो लिम्बु रहेका छन्। भिडियोमा संजु थलाङ मेकअप रहेको छ। हाङ चेम्जोङको निर्देशनमा भिडियो तयार पारिएको हो।
‘राज लिम्बु अफिसिएल’ मार्फत भिडियो सार्वजनिक भएको हो । साथै छिट्टै मेल भर्सनमा समेत सार्वजनिक हुने तयारी रहेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया