काठमाण्डौ असोज १२ – स्थायी घर सिन्धुली भएका लोकप्रिय गायक तथा सर्जक श्याम अधिकारीको पछिल्लो गीत सार्बजनिक भएको छ । उनले यस अघि ए ठुली, छुट्यौं रुँदै रुँदै रातो कलरको स्कुटर, आउदिन दशैंमा लगाएतका थुप्रै गीत बजारमा आइसकेका छन् । श्यामले यसपाली भने दशैँ संग सम्बन्धित गीत “टिका थालीमा” बोलको गीत बजारमा ल्याएका हुन् । एक परदेशी बाध्यता र बिवस्ताको को कारण पर्देशिन्छ र छुट्टी नपाएको कारण दशैँ तिहार मान्न गाउँघर आउन पाउंदैन, यस्तै पिंडालाई समेटेर माथि उल्लेखित गीत तयार पारिएको हो ।

गीतमा लय शब्द श्याम अधिकारीको रहेको छ भने स्वर श्याम अधिकारी र स्मृति गौतमको रहेको छ । निकै मर्मस्पर्सी ढंगबाट तयार पारीको यस गीतको म्युजिक भिडियोमा सुरबीर पण्डित, भुवन चौलागाईं, रेशम के.सी र शुसिला कार्कीको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन सानु के.सी ले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन बिनोद बमले गरेका छन् । श्याम अधिकारीको “टिका थालीमा” बोलको गीतको म्युजिक भिडियोलाई सुनाखरी मल्टिमिडिया नामको युट्युब च्यानल सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया