काठमाण्डौ।

जसपा नेपालको प्रवास पार्टी संगठन नेपाली समाज (नेसो) इजरायल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रवास पार्टी संगठन संघीय लिम्बुवान सामाजिक मञ्च इजरायलको संयुक्त आयोजनामा नेपालीहरुको महान चाडपर्व विशेष शुभकामना आदानप्रदान गर्ने उदेश्यले (Zoom) भर्चुअल मार्फत आउँदो ९ अक्टोबर २०२१ मा कार्यक्रम गर्ने भएको छ।

नेपालीहरुको घरदैलोमा आगमन आईरहेको महान राष्ट्रिय चाडपर्वहरु वडा दशैँ, तिहार तथा मोहनी नखः, स्वन्ति नखः नेपाल संवत् ११४२ न्हुँ दँ, छठ, एलेदङ्बे ५०८१, बलिहाङ तङ्नाम, चासोक तङ्नाम, माघे संक्रान्ती, उधौली, उभौली /साकेला, तमु ल्होसार, सोनाम ल्होछार, ग्याल्पो ल्होसारको सम्मान गर्दै ‘सबै नेपालीको पहिचान,हाम्रो सम्मान’ भन्ने मुख्य नाराका साथ उक्त कार्यक्रम गर्न लागिएको कार्यकम विशेषत: समस्त नेपालीहरुको धार्मिक, सांस्कृतिक, भाषिक, विविधतामा एकता, भाइचारा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई कायम गरी सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने मुल उदेश्य ले रहेकाे आयोजकको भनाई रहेको ।

साथै आयोजकले इजरायलस्थित स्थापित विभिन्न बैचारिक, सामाजिक, धार्मिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार, साथै आम श्रमजीवी नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाई शुभकामना आदान प्रदान कार्यक्रममा (Zoom) मा उपस्थित जनाई कार्यक्रमको शोभनीय बढाइदिनको लागि अनुरोध गर्दै निमन्त्रणा गरेको आयोजक टिम को बताएको छ।

कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष बिष्णु तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा तथा जसपा नेपालका केन्द्रिय कार्यकारिणी सदस्य तथा महिला इन्चार्ज दुर्गा सोवको विशिष्ट आतिथ्यमा लगायत अन्य विशिष्ट व्यतीहरुको समेत बृहत् सहभागीता रहने नेपाली समाज (नेसो) इजरायलको अध्यक्ष अनिला तमाङ मोक्तान ले मिडिया लाई जानकारी दिनु भयो।

मिति : ९ अक्टोबर २०२१ शनिबार

इजरायल समय: मध्याह्न १२:१५ बजे

नेपालको समय: दिउँसो २:४५ बजे

माध्यम: Zoom भर्चुअल मार्फत

जय मातृभुमी नेपाल !!जय नेपाली जनता !!जय १०+१ प्रदेश !!

तपाईको प्रतिक्रिया