भारत। बलिउड अभिनेत्री यामी गौतम पछिल्लो पटक चलचित्र ‘भूत पुलिस’मा देखिएकी थिइन्। हालै यामीले आफ्नो सामाजिक सञ्जालमार्फत आफुलाई कहिल्यै निको नहुने छालाको रोज लागेको बताएकी छिन्। उनी ‘केराटोसिस पिलारिस’ नामक रोगबाट ग्रसित छिन्। यामीले आफ्नो पछिल्लो फोटोशूट सञ्जालमा राख्दै “मेरो इन्स्टाको परिवारलाई नमस्कार। मैले हालै केहि तस्विरहरु खिचाएकी छु। जब उक्त तस्विरहरु मेरो ‘केराटोसिस पिलारिस’ रोग लुकाउन पोस्ट प्रोडक्सनमा पठाउने तयारी भइरहेको थियो। तब मैले सोचे यामी तिमी सत्यलाई स्वीकार किन गर्दिनौ?,जसले यो रोगको बारेमा सुन्नु भएको छैन उनीहरुलाई बताईदिउ कि यो छालाको एक अवस्था हो,जहाँ तपाईको छालामा साना-साना- गिर्खा हुन्छन्।” लेखेकी छिन्।
उनले अगाडी लेखेकी छिन् ” मलाई यो समस्या किशोर अवस्था देखी नै शुरु भएको थियो र यसको अहिले सम्म कुनै उपचार छैन। मैले वर्षौ देखि यो समस्या झेलीरहेकी छु र अहिले आएर मैले आफ्नो डर र इन्सेक्युरिटिलाई जित्ने निर्णय लिएकी छु। र, आफ्नो कमीलाई मनदेखी नै माया र स्वीकार गर्ने हिम्मत जुटाएकी छु। मैले आफ्नो यो सत्य तपाइँहरु समक्ष सार्वजनिक गर्ने हिम्मत जुटाएकी छु। मेरो अद्भुत टिमलाई धन्यवाद।”