काठमाण्डौं । वेव सिरिज “आलु जस्तो लव”को शुभ मुहूर्त सम्पन्न गरिएको छ । चलचित्र निर्माता तथा पुर्व चलचित्र बिकास बोर्डका अध्यक्ष राज कुमार राईले दिप प्रजोलन गरि वेव सिरिज “आलु जस्तो लव”को मुहूर्त गरेका हुन् ।
समाजका विभिन्न परिवेशलाई वेव सिरिजमा समावेश गरिने बताइएको छ । उक्त वेव सिरिजमा युवा वर्गमा रहेका युवा युवती विचको प्रेमलाई समावेश गरेर आकर्षक रुपमा प्रस्तुत गरिएको वेव सिरिजका निमार्ता मन्जु कुमारी फुयाल / अनिता सुवेदी ले बताए ।
उक्त वेव सिरिज देव धिमालको लेखन तथा निर्देशनमा बन्न लागेको बताइएको छ । साथै कृष्ण केसीको कथा, बिदुर तिमल्सिनाको गीत, पुस्तकको संगीत / एरेन्ज , सबिना लामा श्रृङ्गार, प्रवेश राईको छायांकन, राहुल कोइरालको सह-छायांकन, विजय राज भुर्तेलको सम्पादन, अनिता सुवेदी /मन्जु फुयालको निमार्ण बेव सिरिजमा हुने बताइएको छ ।
वेव सिरिजमा कलाकारहरु राज कुमार शाह, भिमसेन खतिवडा, दिवस नाथ, मनिश प्रितम निरौला, सबिना गहतराज, प्रियान्का श्रेष्ठ, पुनम परियार, सोनुयो रन्जित, अक्बर थुप्रा लिम्बू, प्रियान्सी श्रेष्ठ, अमित ठाकुर रोजिना गौतम राजीव धिमाल लगायतको अभिनय देख्न सकिने निमार्ण पक्षले बताएको छ । सो वेव सिरिजको अहिले काठमाण्डौँका विभिन्न ठाउँमा छायाँकन भै रहेको छ ।