काठमाडौँ । अभिनेता राजेश हमालले पहिलो पटक आफ्नो आवाजमा गीत रेकर्ड गराएका छन् । ‘मन बुढो भएन’ बोलको गीतमा उनले स्वर भरेका हुन् । दीपक शर्माको शब्द तथा संगीत र नरेन्द्र वियोगीको संगीत संयोजन रहेको उक्त गीतमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलले गायनमा साथ दिएका छन् ।

राजेश हमालले आफूलाई सहज हुने र उमेर सुहाउँदो गीत गाउने इच्छा व्यक्त गरेपछि गीतकार शर्माले त्यसै अनुरूप गीतका शब्द तयार पारेका थिए । गीत मन परेपछि संगीतकारसँग भेटेर भदौमा नै उनले गीत रेकर्ड गरेका थिए ।

हमालको आवाजमा रेकर्ड भएको गीतको भिडिओ देवेन्द्र पाण्डेले निर्देशन गर्नेछन् । भिडिओमा राजेश हमालसँगै रेश्मा घिमिरे लगायतको अभिनय रहनेछ ।

तपाईको प्रतिक्रिया