काठमाण्डौ कार्तिक २६ – मौलिक गीत संगीतका प्यासी मनहरुका लागि लक्षित गर्दै भर्खरै मात्र सावित्री गौतम र बिन्दास भिम श्रेष्ठको संयुक्त प्रस्तुतिको रुपमा “हात काटेर” बोलको गीत सार्बजनिक भएको छ । गीतको भाव निकै मर्मस्पर्सी रहेको छ, यद्धपि यो गीत सुन्दा नाच्न पनि मिल्ने किसिमको रहेको छ । समग्रमा काँठ क्षेत्रका गीतहरुमा भित्र यस्तै स्वाद पाइने गर्दछ । प्रस्तु गीतलाई लय सावित्री गौतम र आकृति हुमागाईंले भरेका हुन् भने शब्द अशोक कुमार सापकोटाले तयार पारेका छन् ।

बिन्दास भिम श्रेष्ठ र सावित्री गौतमको सुमधुर स्वर द्वारा सुसजित गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा अभिनय पछिल्लो समयमा निकै ब्यस्त र सरल स्वभावका धनि राज तामाङ्ग प्रकाश, अश्मिता सागर र सुमिको अभिनय देख्न सकिन्छ । कोरियोग्राफ तथा निर्देशन अमर सुनारको रहेको यसगीतको म्युजिक भिडियोलाई छायांकन महेश महरा र सम्पादन जोहन राईले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

तपाईको प्रतिक्रिया