काठमाण्डौ कार्तिक २९ – हाल प्रबासमा रहेका लोकप्रिय गायक तथा सर्जक समिर आचार्यले बेलाबखत बिभिन्न गीत संगीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिरहेका छन् । स्थायी घर दोलखा भएका उनि अहिले दुवैमा छन् । बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकतामा रमाउन चाहने समिर दुवै रहँदा पनि फुर्सद भयो कि त मादल तथा हार्मोनिएम लिएर बसिहाल्छन् ।  उनको कलालाई धेरैले प्रत्यक्ष फेसबुक लाइभ मार्फत देख्ने गरेका छन् । यिनै माध्यम बाट समिर द्वारा प्रफुटन हुने कलालाई मध्यनजर गर्दै धेरैले उनलाई उत्साहित पनि गराउने गरेका छन् ।

फलस्वरूप पछिल्लो समय अनु श्रेष्ठ वाग्लेको संयुक्त प्रस्तुति “माया नलाउने परियो” मा पनि समिर मिश्रित छन् । भर्खरै सार्बजनिक भएको प्रस्तुत गीतमा लय सुफिक्स मदनले भरेका हुन् भने शब्द अशोक सापकोटाको रहेको छ । समिर आचार्य र अनुजा पुडासैनीको सुमधुर स्वर द्वारा सुसजित गीतको म्युजिक भिडियोमा सन्जिब ठकुरी, निहारिका थापा, शिब खड्का र करुणा पाण्डेको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ  ।

समिर आचार्य युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गीतलाई पहिलेका आफ्ना प्रस्तुति र सिर्जना जस्तै यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले मन पराइदिनुहुनेछ भन्ने कुरामा गायक तथा सर्जक समिर ढुक्क रहेका छन् । “माया नलाउने परियो” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला 

 

तपाईको प्रतिक्रिया