काठमाडौं। बेलायती गायिक चार्ली एक्ससीएक्सको एउटा ठूलो ‘ओप्स मोमेन्ट’ क्यामेरामा रेकर्ड भएको छ । गायिकाले आफैं यो भिडियो इन्स्टोग्राममा शेयर गरेकी छिन् । भिडियोमा उनको ड्रेस अचानक काँधबाट खस्छ । खासमा चार्ली बुधबार अस्ट्रेलियन रेकर्डिङ इण्डष्ट्री एसोसिएसन (एआरआइए) म्युजिक अवार्डस कार्यक्रम प्रस्तुत गर्दै थिइन् । यही क्रममा उनको साथमा दुर्घटना भयो । चार्लीले तत्कालै आफ्नो ड्रेस सम्हाल्दै आफैं हाँसिन् ।

ग्ल्यामर म्यागजिनका अनुसार यो कार्यक्रम भर्चुअल थियो । कार्यक्रममा चार्लीले द किड लारोइ र जस्टिन बिबरलाई बेस्ट पप रिलिज अवार्ड दिँदै थिइन् । यो कार्यक्रम भिडियो कन्फ्रेन्समार्फत आयोजना गरिएको थियो । कार्यक्रमको लागि चार्लीले कालो ड्रेस लगाएकी थिइन् । जसको स्ट्रिप अचानक काँधबाट चिप्लिएर तल खस्यो । यस्तोमा चार्लीको अगाडिको भाग क्यामेरामा रेकर्ड भयो । उनले तत्कालै आफ्नो ड्रेस सम्हालिन् र हाँस्दै यो दुर्घटनालाई पनि रमाइलो बनाइदिइन् ।

चार्लीले यो भिडियो शेयर गरेर विजेताहरुलाई बधाइ दिएकी छिन् । तर, उनका साथीहरु र फ्यानहरुले विजेताको नभइ चार्लीको ओप्स मोमेन्टको मजा लिइरहेका छन् । एक युजरले लेखेका छन् ‘मैले सोचिरहेको थिएँ चार्लीलाई पूरै कपडामा कहिलेकाहीँ मात्रै देखिन्छ ।’ अर्काले लेखेका छन् ‘विजेताको नाम घोषणा गर्ने उत्साह ।’ अगाडि पनि चार्लीको इन्स्टाग्राममा रमाइला रमाइला कमेन्टहरु छन् ।

चार्लीसँग यस्तो दुर्घटना भएको यो पहिलो पटक होइन । उनी यसअघि पनिज यस्ता दुर्घटनामा परिसकेकी छिन् । २०१८ मा एरिजोनामा आयोजित टेलर स्विफ्ट रेपुटेसन टुरमा प्रस्तुती दिने क्रममा बीचमै चार्लीसँग यस्तै किसिमको दुर्घटना भएको थियो । त्यतिबेला पनि चार्लीले आफैं आफ्नो मजाक उडाएकी थिइन् । उनले भनेकी थिइन् ‘मलाई लाग्छ मैले बचाएँ तर मलाई माफ गरिदिनु यदि मैले कसैलाई झस्काएको भए । साँच्चिकै मेरो यस्तो उद्देश्य थिएन ।’

तपाईको प्रतिक्रिया