इटहरीः नेकपा एकिृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठन नेपाल प्रदेश नम्बर १ का अध्यक्ष बन्धु पोखरेल १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रेस सल्लाहाकारमा नियुक्ती भएका छन् । मुख्यमन्त्री राईले उनलाई सोमबार प्रेस सल्लाहकारमा नियुक्ती गरेका हुन् ।
नेपाल पत्रकार महासंघ मोरंगका निर्वतमान अध्यक्ष समेत रहेका पोखरेलसंग दुई दशक भन्दा बढी समय पत्रकारिता गरेको लामो अनुभव छ । पोखरेल विराटनगरबाट नियमित प्रकाशित हुने उद्घोष दैनिकमा समेत आवद्ध छन् ।
प्रदेश नम्बर १ का मुख्यमन्त्रीका प्रेस सल्लाहाकारमा बन्धु पोखरेल नियुक्त
