२७ मंसिर, काठमाडौं । अभिनेत्री नम्रता सापकोटा एक सातादेखि ओशो तपोवनमा छिन् । तपोवनमा आएर आफूले धेरै कुरा सिकेको उनले बताइन् ।

ओशो तपोवनबाट सोमबार घर फर्किन लागेकी नम्रताले अनलाइनखबरसँग कुराकानी गर्दै भनिन्, ‘यहाँ आएर मैले जुन कुराहरु सिकेकी छु, त्यसको म वर्णन नै गर्न सक्दिनँ ।’

नम्रताले आफू ओशो सन्यासी बनेको बताइन् । ओशो सन्यासी बनेपनि आफूले गर्दै आएको काम वा दैनिक क्रियाकलापबाट भने विश्राम लिनु नपर्ने नम्रताको भनाइ छ । ओशो सन्यासी बनेपछि चित्त शुद्ध बनाएर ध्यानको माध्यम हुँदै आध्यात्मिक बाटोमा हिँड्ने कोशिश गर्न सकिने उनको भनाइ छ । तर, आफूले गरिरहेको भौतिक र प्राकृतिक कर्म भने सहजै गर्न सकिने सापकोटाको बुझाइ छ ।

चलचित्र र म्युजिक भिडियोमा कामबाट केही समय विश्राम लिएर कलाकारहरु तपोवनमा गएर ध्यान गर्ने गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया