गायक नारायण गजमेरको नयाँ गीत ‘हे ईश्वर गीतको भिडियो सार्वजनिक भएको छ । गायक नारायण गजमेरको स्वरमा सजिएको प्रेम रोमान्स र विरहले भरिएको गीतको भिडियो शुक्रबार बजारमा आएको हो । अमेरिकामा बस्दै आएका गायकको दर्जनौँ नेपाली आधुनिक गीतमा डम्बर नेपालीको शब्द तथा संगीतमा हे ईश्वरको भिडियो बजारमा ल्याएका हुन् । वैँशालु उमेरमा प्रेममा परेका एक जोडीको प्रेमील कहानी, प्रेममा पर्दाका रमाइला यादगार क्षणहरु र एक्कासि आफ्नी प्राण प्यारीले छाडेर गएपछिको विरहका दृश्यहरुलाई कैद गरिएको गीतमा मोडलद्वय रमेश दियाली र सुरविना कार्कीको अभिनय रहेको छ। विकाश दाहालले सम्पादन गरेको भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् । गायक गजमेरको निश्चल एल्वम बाट यस गातलाई दुर्गा खाती गजमेरजीले प्रोड्युस गर्नु भएको हो। यसै एल्वलमा रहेको रोतो रिबम बोलको गीत पनि चाडै बजारमा आउदै छ।
गायक नारायण गजमेरको नयाँ गीत ‘हे ईश्वर गीतको भिडियो सार्वजनिक
