“नेपाली समाज टेक्सस” नयाँ कार्यसमिति चयनको अन्तिम संघारमा पुगेको छ । कर्मभूमिको रुपमा टेक्सास रहँदै आउनुभएका नेपालीहरुको साझा संगठनको रुपमा रहेको “नेपाली समाज टेक्सास”ले प्रवासी नेपालीहरुको सहयोगी हात मात्र होइन प्रवासमै रहेर पनि नेपाली भाषा साहित्य, संस्कृती तथा नेपाली पन जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताउनु हुन्छ आगामी कार्यसमिति सदस्यको रुपमा चुनावी मैदानमा उत्रिनुभएका उम्मेदवार चन्द्रकान्त उपाध्यायलाई राष्ट्रवाणी सम्वाददाताले ‘नेपाली समाज टेक्सासको कार्यसमिति सदस्यको रुपमा उम्मेद्ववारी दिनुभएको छ । उमेरको हिसावले अलिक चाँडो भएन र ?’ भनि सोधेको प्रश्नमा उहाँ भन्नुहुन्छ, “नेपाली समाज टेक्सास एउटा सेवामूखी संस्था हो र यो संस्थाको सदस्यको रुपमा उम्मेद्ववारी दावी गरीरहँदा मलाई उम्मेदवारसँग आयुको जेष्ठता मात्रभन्दा पनि उक्त व्यक्तिसँग सेवामूखि भावाना हुन आवश्यक छ भन्ने मलाई लाग्छ । उमेरमा म अन्य उम्मेदवारभन्दा सानो भए पनि विगतमा बिभिन्न संस्थामा आवद्ध भएर र व्यक्तिगत रुपमा पनि बिभिन्न समाजिक क्षेत्रमा कार्य गरेको अनुभव रहेको भन्दै आफू उक्त पदकोलागि योग्य उम्मेदवार भएको दावी गर्नु भयो ।
प्रवासमा समाजसेवा, नेपाली भाषा सहित्य, संस्कृति उत्थान तथा प्रवद्धनको को रटान गरेर बिभिन्न संस्था खुल्ने र निस्कृय रहने प्रचलन बढ्दो छ । साथै कतिको संस्थामा आवद्धता कामगर्नभन्दा पनि देखानका लागि मात्र हुने प्रवृति देखिन्छ । कतै तपाईं पनि पदको लालसाले मात्र लाग्नुभएको त हैन ? भनि सोधिएको प्रश्नमा उहाँ भन्नुहुन्छ, “कति इच्छाले कति बाध्यताले प्रवासी बन्न पुगेका नेपालीहरुको तन जहाँ भएपनि मन नेपाल मै छ । प्रवासको फरक वातावरण, फरक समाजमा आइपर्ने बिभिन्न समस्यहरुको समाधानमा हामी सहयोगी बनौ भन्ने मात्र हाम््रो उदेश्य हो । न मलाई पदको लोभ छ । न पदबाट पाइने कुनै लाभको लालसा छ । मेरो उम्मेदवारी नितान्त नेपाली मात्रको हित र नेपाली भाषा संस्कृतिको प्रवद्धन नै हो । हामीले जहाँ रहेपनि आनो मौलिकता बिर्सन हुँदैन भन्ने हाम्रो उदेश्य हो ।”
देश छाडेर प्रवासमा आउदा पनि बिभिन्न गुट उपगुट बनाएर चुनावी खर्च गर्नुभन्दा नेपाली समाजको नेतृत्व समहमतीमा चयन गर्न सकिदैन थियो र ? भन्दा उहाँ भन्नुहुन्छ, “हामी प्रजातन्त्रमा विश्वास गछौं चुनाव प्रजातान्तित्रक अभ्यासको एक स्वरुप न हो । चुनावमा म विजय वा पराजय जे भएपनि मेरो नेपाली समाजप्रतिको स्नेह र सेवा भावमा कुनै कमि हुने छैन । म विजय भएमा संस्थागत रुपमा र पराजय भएमा विजयी साथीलाई मेरो ज्ञान र सीपले सहयोग गर्न म सदा तयार रहने नै छु ।” भन्दै विजय पराजय चुनवको प्रकृया रहेको तर आफूलाई साथीहरुले विजयी नै बनाउनेमा विश्वस्त रहेको पनि उहाँले दावी गर्नु भयो ।
नेपाली समाज टेक्ससको कार्यसमिति चुनावमा कमल सापकोटाको नेतृत्वको समुहमा चन्द्रकान्त उपाध्याय केन्द्रीय सदस्यको रुपमा चुनावी मैदानमा हुनुहुन्छ ।