काठमाडौँ- लागु औषध ब्राउन सुगर खरिद गर्न लागेको आरोपमा पक्राउ परेका चर्चित र्‍‍यापर आशिष राना ‘लाउरे’लाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

प्रहरीले लाउरेसहित ४ जनालाई बुधबार पोखराको न्युरोडबाट पक्राउ गरेको थियो। लाउरे ब्राउन सुगर किन्न लागेको अवस्थामा र अन्य लागु औषधसहित पक्राउ परेको कास्की प्रहरीले जनाएको छ।

प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर उनीहरुमाथी अनुसन्धान गर्न सक्ने छ।

तपाईको प्रतिक्रिया