लोकप्रिय टेलिसिरियलहरु ‘जीवनचक्र’ ,’थोरै भएपुगिसरी’ लगायतमा अभिनयबाट चर्चा कमाएका कलाकार बालकृष्ण निरौला नेपाल सास्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । नेपाली कांग्रेसको छातामुनि रहेर साँस्कृतिक गतिविधिका माध्यमबाट नेपाली कांग्रेसको उत्थान, प्रवध्नन र संगठनको समग्र सुदृढीकरणका लागि निरन्तर सक्रिय भुमिका निर्वाह गर्दै आउनु भएका कलाकार निरौलालाइ कांग्रेस बिधानको परिछेद ७ को दफा २० (च ) बमोजिम नेपाल सास्कृतिक संघका सभापति तिर्थबहादुर थापाले मनोनित गरेका हुन् ।
जनचेतना नेपालका अध्यक्ष समेत रहेका झापाका निरौला २ दशक भन्दा अगाडी देखि निरन्तर कलाकारितामा क्रियाशील रहेका छन् । उनि १४ महाधिवेशनमा क्षेत्रिय प्रतिनिधिको रुपमा निर्बाचित भएका थिए ।

तपाईको प्रतिक्रिया