काठमाडौं : लोकसेवा आयोगले सबै परीक्षा स्थगित गरेको छ। आयोगले माघ मसान्तसम्म निर्धारित सबै परीक्षा स्थगित गरेको लोक सेवा आयोगका प्रवक्ता तोयानारायण सुवेदीले अन्नपूर्णलाई जानकारी दिए।

कर्मचारी र विद्यार्थीमा कोरोना देखिन थालेपछि आयोगले परीक्षा स्थगित गरेको हो।

यसअघि बुधबार लोकसेवा आयोग बागमती प्रदेशले माघ ८ गतेदेखि संचालन हुने परीक्षा स्थगित गरेको थियो।

तपाईको प्रतिक्रिया