संसारकै सबैभन्दा पुरानो सुन्दरी प्रतियोगिताका रूपमा रहेको यो प्रतियोगिता सुरुमा फेस्टिभल अफ ब्रिटेन नामक लन्डनमा आयोजित महोत्सवमा बिकिनी प्रतियोगिताका रूपमा आयोजना गरिएको थियो ।

बेलायती सञ्चारमाध्यमहरूबीच निकै लोकप्रियता हासिल गरेको प्रतियोगितालाई बेलायती सञ्चारमाध्यमहरूले नै मिस वल्र्डको नाम दिएर न्वारान गरिदिएका थिए । त्यतिबेला यस प्रतियोगिताको मुख्य उद्देश्य सो समयमा भर्खरै बजारमा आएको बिकिनी अर्थात पौडी खेल्दा महिलाहरूले लगाउने वस्त्रको प्रवद्र्धन गर्नु थियो । त्यतिबेला पश्चिमा जगत्मा पनि बिकिनीलाई शालीन मानिदैनथ्यो, छाडा वस्त्रका रूपमा यसको निकै नै आलोचना पनि भएको थियो ।

त्यसैले यसको प्रवद्र्धनका लागि महोत्सवमा बिकिनी प्रतियोगिता आयोजना गर्ने योजना बनेको थियो । मुख्यतः यो बिकिनी प्रतियोगिता फेस्टिभल अफ ब्रिटेन महोत्सवका लागि आयोजना गरिएको थियो तर यसको लोकप्रियता देखेर चतुर व्यावसायिक बुद्धिका त्यतिबेला ३३ वर्षका एरिक मोर्लेले मिस वल्र्ड सुन्दरी प्रतियोगितालाई वार्षिक रूपमै आयोजना गर्ने निधो गरे । त्यसै समयमा मिस वल्र्ड नामलाई ट्रेडमार्कका रूपमा नै दर्ता पनि गर्नुका साथै यसपछि आयोजना हुने सुन्दरी प्रतियोगिता यही नामबाट आयोजना हुने निर्णय पनि मोर्लेले गरेका थिए ।

सन् १९५१ अर्थात वि.सं २००८ सालमा आयोजित पहिलो मिस वल्र्ड सुन्दरी प्रतियोगिताकी विजेता स्वीडिस सुन्दरी कस्र्टिन किकी हाकान्सनलाई बिकिनी लगाएर नै मिस वल्र्डको ताज लगाइएको थियो जसको पोप लगायत धेरैले विरोध गरेका थिए । फलस्वरुप बिकिनीका सट्टा केही शालीन देखिने सामान्य किसिमको स्वीमसुट सुन्दरीहरूलाई लगाउन दिइए पनि सन् १९७६ को मिस वल्र्डदेखि यसको सट्टामा फाइनल राउन्डमा इभनिङ गाउन लगाएर ताज पहिर्याउन सुरु गरियो ।

स्वीमसुटसम्बन्धमा विभिन्न विरोध जारी नै रहँदा एउटा कोठाभित्र स्वीमसुट राउन्डको आयोजनासमेत गरिँदै आइएको थियो । अन्ततः ६३ वर्षपछि सन् २०१४ को ६४औँ मिस वल्र्डदेखि स्वीमसुट राउन्डलाई पूर्ण रूपमा प्रतियोगिताबाट हटाइयो । यसरी बिकिनीमा मिस वल्र्डको ताज पहिरिने पहिलो तथा अन्तिम सुन्दरी नै कस्र्टिन बन्न पुगिन् । लन्डनमा आयोजना गरिएको पहिलो मिस वल्र्ड प्रतियोगितामा अमेरिका, बेलायत, स्वीडेन, हल्यान्ड, फ्रान्स, डेनमार्कका २६ सुन्दरीहरूको सहभागिता थियो ।

विश्व सुन्दरी प्रतियोगितामा नेपालको सहभाागिता

विश्व सुन्दरी प्रतियोगितामा नेपाल सहभागी भएको लामो इतिहास छैन् । वास्तवमा नेपालीहरूलाई सुन्दरी प्रतियोगितामा नेपालीहरु पनि सहभागि हुन्छन् भनेर चिनाउने श्रेय मिस नेपाल २०१२ सृष्टी श्रेष्ठलाई जान्छ । उनले गरेको उत्कृष्ठ प्रदर्शनले नै नेपालीहरू उत्साहित बनेका थिए ।

श्रृष्टी श्रेष्ठ

श्रृष्टी श्रेष्ठ
चितवनकी श्रृष्टी श्रेष्ठ चर्चित मिस नेपालहरुमध्येमा पर्छिन् । उनले नेपाललाई पहिलो पल्ट टप ४० मा पुर्याएर तहल्का नै मच्चाएको थिइन् । केही नेपाली र हिन्दी गीतमा समेत मोडलिङ गरेकी सृष्टीले अभिनय गरेको पहिलो फिल्म रिलिजको तयारीमा छ । उनले नायक अनमोल केसीको अपोजिट भएर गाजुलीमा अभिनय गरेकी हुन् ।

इसानी श्रेष्ठ

इसानी श्रेष्ठ
काठमाडौंकी इशानी श्रेष्ठ पनि मिस वर्ल्डमा तहल्का मच्चाउने सुन्दरीमा पर्छिन् । उनले मेरो प्राण भन्दा प्यारो माइतीघर गीतमा नाँच्दा सबै नेपाली खुशीले गदगद भएका थिए । उनले सबैभन्दा महत्वपुर्ण मानिएको व्युट्री विथ द पर्प्रोज जितेर टप १० मा पुग्न सफल भइन् ।

निकिता चाण्डक महेश्वरी

निकिता चाण्डक महेश्वरी
पुर्वी तराईमा जन्मिएकी निकिताले पनि मिस वर्ल्डमा राम्रो प्रतिभा देखाइन् । उनको पनि चौतर्फी तारिफ भएको थियो । उनले हेड टु हेड च्यालेन्ज जित्दै टप ४० मा पुग्न सफल भएकी थिइन् ।

श्रृङ्खला खतिवडा

श्रृङ्खला खतिवडा
मिस वर्ल्डका लागि नेपालबाट प्रतिनिधित्व गरेर जाने कुनै पनि मिस नेपालहरू यसअघि उनी जति प्रतिस्पर्धाको माथि पुग्न सकेका थिएनन्। यसअघि ‘ब्यूटी वीथ पर्पस’को अवार्ड इसानी श्रेष्ठले जिते पनि श्रृङ्खलाले ‘ब्यूटी वीथ पर्पस’ र ‘मल्टिमिडिया’ गरी दुवैवटा अवार्ड जितेर नेपालको नाम उच्च राखिन् ।

अनुष्का श्रेष्ठ

अनुष्का श्रेष्ठ
अनुष्का श्रष्ठले पनि ३ ओटा महत्वपुर्ण उपाधि नेपाल भित्र्याइन् । उनले ‘ब्यूटी वीथ पर्पस’ , ‘मल्टिमिडिया’ र हेड टु हेड च्यालेन्ज गरेर ३ उपाधि नेपाल भित्र्याइन् । यसर्थ उनी पनि सफल मिस नेपाल हुन् ।

नम्रता श्रेष्ठ

नम्रता श्रेष्ठ
नम्रता श्रेष्ठ पनि हेड दु हेड च्यालेन्ज जितेर टप ४० मा पुगिसकेको छिन् । यसअघि डिसेम्बर १६ मा हुनुपर्ने मिस मिस वर्ल्ड अब मार्च १६ मा हुने भएको छ । नेपाल टप ४० मा परेको थाहा भएको भए पनि आधाकारिक भने भएको थिएन ।

यसैगरी टप ४० मा परेपछि नेपाल सुन्दरी नम्रता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छिन् । ‘हामीलाई पहिलो दिनमा नै हामी सबै विजेता हौं भनेर भनिए झैं हामी सबै विजेता छौं । यो सूचीमा राखेर सार्वजनिक गरिएका सबैलाई बधाई छ । हजुरहरु सबैलाई भेट्न म आतुर छ । यसरी सबै राम्रो राम्रोबाट २५ जना छान्नु चानचुने कुरा हैन । हामी सबैलाई बधाई ।’

तपाईको प्रतिक्रिया