आफ्नो घर परिवारको खुसीको लागि खुसि किन्न पुगेका अशंख्य परदेशीहरुको यथार्थ भोगाईलाई समेटेर केदार खोटांगेले भर्खरै “साउदी दुवै कतार” बोलको गीतलाई बजारमा ल्याएका छन् । उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर आफ्नो सांगीतिक यात्रालाई फराकिलो बनाई सकेका छन् ।

प्रस्तुत गीतमा हेमराज डाँगी र शान्ति श्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना चन्द्र प्रकाश ओलीले तयार पारेका हुन् भने निकै मर्मस्पर्सी यस गीतको म्युजिक भिडियोमा बिद्या लामा, सलिना, रमेश पौडेल, प्रेम ढकाल, इश्वोर अधिकारी र सबिना पौडेलको आकर्षक अभिनय देख्न सकिन्छ ।

“साउदी दुवै कतार” बोलको गीतको म्युजिक भिडियोमा निर्देशन केदार खोटांगेले गरेका हुन् भने छायांकन राम के.सी र सम्पादन रमेश बि.क रसाइलीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

 

तपाईको प्रतिक्रिया