काठमाण्डौ माघ ११ –  काभे जिल्लाको बेथानचोक गाउपालिका वडा नम्बर ५ भङगाला डाडागाउँमा बुबा मेघ बाहादुर सुनाम र आमा मैयाँ सुनामको कोखबाट २०५५ कार्तिक २ गते जन्मिएका कलाकार सुन्दर सुनाम, बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त जुटिरहेका छन् ।

करिब ७-८ वटा गीत बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकको उच्च रोजाईमा परेका सुन्दरको पुनः अर्को प्रस्तुति सार्बजनिक भएको छ । उक्त गीत “सरिता” बोलको रहेको छ । लोकप्रिय गायक तथा सर्जक किरण गौतमको लय तथा शब्द सृजनाले सजिएको उक्त गीतमा सुन्दर सुनाम र सारदा रसाइलीको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतको अडियो तथा भिडियो मौलिक स्वादमा तयार पारिएको छ । यस गीतको म्युजिक भिडियोमा बिकास सिलवाल, बबिता के.सी लगाएत कलाकारको आकर्षक अभिनय देख्न सकिन्छ । “सरिता” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन संगीत बानियाँले गरेका छन् । गीतको भिडियोलाई किरण गौतम युट्यूब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

तपाईको प्रतिक्रिया